ऋतुराजले आफ्नो काँचुली फेर्दाको काठमाडौंका सडक पेटीहरु (फाेटाेफिचर)

डिसी नेपाल
५ चैत २०७७ ७:४६

काठमाडौं। वसन्त ऋतुको सुरुवातिसँगै विभिन्न प्रकृतिले आफ्नो बस्त्र फेर्ने बेला भएको छ। पुरानो पात झरेर नयाँ पालुवा पलाउने बेला भएको छ।

शिशिर ऋतु र गृष्म ऋतुको बिचमा आउने मनमोहक ऋतु हो वसन्त। वसन्त भन्नाले बहार भन्ने बुझिन्छ। वसन्त ऋतुमा प्रकृतिको वहार आउँछ।

प्रकृतिले आफ्नो काचुँली फेर्ने यो ऋतुलाई भगवान कृष्णले पनि मन पराएको ग्रन्थहरुमा पाइन्छ। गीतामा कृष्णले आफूलाई ऋतुहरुमा वसन्त हुँ भनि अर्जुनसँग परिचय दिएका थिए।

यो ऋतुलाई सबैले मन पराउने भएकाले यसलाई ऋतुराज पनि भनिन्छ। काठमाडौं उपत्यको सडक छेउमा भएका फूल बुट्टाहरुले यही ऋतुराजमा आफ्नो काँचुली फरिरहेको देखिन्छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *