कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु

डिसी नेपाल
६ चैत २०७७ ६:२४
60
Shares

काठमाडौं। ‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमाः कानून व्यवसायी महिलाको प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ। सम्मेलन भोलिसम्म हुने कार्यक्रम छ।

नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नेछिन्।

प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछिन्। यसवर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पुर्‍याउने भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ।

बारको महिला समितिले प्रत्येक वर्ष महिलालाई न्यायमा पहुँच कसरी पुर्‍याउने भन्ने विषयमा फरकफरक विषयमा सम्मेलन गर्दै आएको छ । नेपालमा कूल कानून व्यवसायी महिला तीन हजार छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *