धरहराको २२ औं तलाबाट काठमाडाैं नियाल्दा (फाेटाेफिचर)

डिसी नेपाल
६ चैत २०७७ ९:०८

काठमाडौं। काठमाडौंको सुन्धारामा निर्माणाधिन ऐतिहासिक धरहरा पुर्ननिर्माणको अन्तिम चरणमा छ। २२ तले धरहराको बाहिरी संरचनाको काम सकिएको अवस्थामा हाल अन्डरग्राउण्ड पार्किङ, खानेपानीको पाइप, टेलिफोन, विद्युतीय लिफ्ट बनाउने, गजुरको काम लगाएत, वाइरिङ र फिनिसिङको काम भइरहेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्राविधिक राजुमान मानान्धरले जानकारी दिए।

झण्डै ६ वर्षपछि बहुप्रतिक्षित नेपालीहरुको धरोहर धरहरा देख्न मात्र होइन स्पर्श गर्न मिल्ने गरी चाँडै सञ्चालनमा आउने उनको भनाइ छ।

भौतिक पूर्वाधारको निर्माणको हिसावले ९५ प्रतिशत सम्पन्न भएको धरहरा आगामी वैशाखसम्म काम सक्ने गरी निर्माण भइरहेको छ।
वि.सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ऐतिहासिक मौलिकता बोकेको धरहरा कुरुप अवस्थामा पुगेको थियो। त्यसको झण्डै ६ वर्ष पछि धरहरा नयाँ स्वरुपमा देखिने भएको हो।

२०७७ असोज २० मा काम सक्नेगरी सम्झौता भए पनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव लगायतका कारणले निर्माण तोकिएको समय भन्दा ढिलो हुन लागेको प्राधिकरणले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *