दाङमा थारु भाषाको पाठ्यक्रम लागु गरिने

डिसी नेपाल
६ चैत २०७७ २३:२०

देउखुरी । दाङका दश स्थानीय तह आउँदो शैक्षिक सत्र २०७८ देखि स्थानीय पाठ्यक्रम निर्माण गरी आआफ्ना पालिकामा लागु गर्ने तयारीमा जुटेका छन् । जिल्लामा थारु भाषालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यक्रम लागु गर्न थालिएको छ ।

अहिले कक्षा १ देखि ३ कक्षासम्मको थारु भाषाको पाठ्यक्रम तयार पारिएको छ । अब पाठ्यक्रम बनाउने काम चलिरहेको छ । घोराही उपमहानगरपालिकाले थारु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागु गरिसकेको छ । जिल्लाका सबै पालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेको जिल्ला शिक्षा एकाइ तथा समन्वय समितिका प्रमुख देवमणि चौधरीले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *