सम्झाना पाण्डेको प्रस्तुतिमा मैले जति माया गीतको म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं। अमेरिकामै शूटिङ तथा रेकर्डिङ गरिएको म्यूजिक भिडियो मैले जति माया सार्वजनिक गरिएको छ। गायिका सम्झाना पाण्डेको प्रस्तुतिमा रहेको सो म्यूजिक भिडयो पाण्डेकै आधिकारिक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
पाण्डेको स्वरमा रहेको मैले जति माया बोलको गीतको शब्द रचना डिपी खनालले गरेका हुन् भने संगीत कल्याण सिंहले दिएका दिएका छन्। यस्तै एरेन्ज दीक्षित पौडेलले गरेका हुन् भने भिडयो निर्देशन विकास बराइलीको रहेको छ।
रेकर्डिङ अमेरिकाको कोलोराडोस्थित थ्रीडिबी स्टूडियोमा भएको हो। भिडियोको मिक्सिङ प्रदीप जोशीले गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment