बलिउडमा नयाँ हिरोइन ल्याउन खोज्दा करण जौहरको तीब्र आलोचना

डिसी नेपाल
९ चैत २०७७ १७:३४
5.0k
Shares

काठमाडौं। २०२० मा लामो लकडाउन र कोभिड–१९ को कारण धेरै स्टारकिड्सले बलीउडमा आफ्नो डेब्यू गर्न सकेनन्। तर यस वर्ष केही स्टारकिड्सले फिल्ममा प्रवेश गर्ने सपना देखिरहेका छन्। यस सूचीको शीर्ष नाम बलिउड अभिनेता संजय कपूरकी छोरी शनाया कपूर हुन्। शनायाले करण जौहरको फिल्मबाट डेब्यू गर्नेछिन् । शनायाले सोसल मिडियामा यो खुलासा गरेकी छिन् ।

शनायालाई बलिउडमा ल्याउने खबर बाहिरिएसँगै करण जौहर भने तीब्र आलोचनामा परेका छन् । बलिउडमा धेरैजसो स्टारकिडहरुलाई करण जौहरको धर्मा प्रोडक्सनले लञ्च गर्ने गरेको छ । यही कारण करणलाई नातावाद र परिवारवादको पक्षपोषण गरेको आरोप लागिरहन्छ । शनायालाई फिल्ममा ल्याउन लागेपछि पनि करणको तीब्र आलोचना भएको छ । आलोचकले उनलाई ‘नेपोटिज्मका देवता’ ट्याग भिराइदिएका छन् ।

करणले शनायाको एक भिडियो शेयर गरेका छन् र उनले यो वर्ष जुलाईदेखि आफ्नो बलिउड प्रोजेक्टको शुटिङ सुरु गर्ने पुष्टि गरेका छन्। शनायाले पनि यो कुरामा खुसी व्यक्त गर्दै करणलाई धन्यवाद दिएकी छिन् । शनाया जाह्नवी कपूरको फिल्म ‘गुन्जन सक्सेनाः द करगिल गर्ल’ मा सहायक निर्देशक पनि थिइन्। हालै शनायाले आफ्नो सोसल मिडिया प्रोफाइल पब्लिक गरेकी थिइन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *