माओवादी त्यागेका प्रदेशसभा सदस्य रेग्मीलाई कारबाहीको सिफारिस

डिसी नेपाल
९ चैत २०७७ १७:५८
468
Shares

काठमाडौं। कर्णाली प्रदेशमा तत्कालिन माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गर्न माओवादी प्रदेश सभा संसदीय दलले सिफारिस गरेको छ।

रेग्मी एमालेको केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सचिवमा मनोनित भएका छन्। प्रदेश सभा संसदीय दलले सोमबार रेग्मीलाई कारबाहीका लागि माओवादीको केन्द्रीय समितिलाई सिफारिस गरेको हो। पार्टीले उनलाई कारबाही गरे उनको प्रदेशसभा सदस्यको पद जानेछ।

दैलेख क्षेत्र नम्बर १ (क)बाट निर्वाचित रेग्मीले आफूमाथिको कारबाहीबारे केही जानकारी नभएको बताए। काठमाडौंमा रहेका रेग्मीले डिसी नेपालसँग भने, ‘यो विषयमा मलाई कुनै जानकारी छैन। केही भएछ भने कानुनी संवैधानिक प्रक्रिया के के रैछ हेरौंला। फेरि यो समस्या मेरो हकमा मात्र होइन। अरु पनि हुनुहुन्छ। उहाँहरुले के गर्नु हुन्छ त्यो पनि हेर्नुपर्छ।’

कर्णाली सरकारविरुद्ध यसअघि तत्कालिन नेकपाकै केही प्रदेश सदस्यहरुले अविश्वास प्रस्ताव दर्ता गर्दा रेग्मीले पनि सो अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए। कर्णालीमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको नेतृत्वमा सरकार छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *