युवतीलाई लखनउ लगेर बेच्ने अमर प्रहरीको फन्दामा
सांकेतिक तस्वीर
बाँके। एक युवतीलाई भारतको लखनउ लगेर बेचेको आरोपमा मुद्दा खेपिरहेका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ काअमर क्षेत्री कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
२० वर्षीया युवतीलाई २०७१ असार २८ गते मिठाइमा बेहोस बनाउने पदार्थ राखेर खान दिई बेहोस बनाएपश्चात भारतको बहराइच हुँदै लखनउ लगेर अमरले बेचेका थिए। उनले युवतीलाई ५० हजार रुपैयाँमा विक्री गरेको आरोपमा मुद्दा चलिरहेको छ।
उनलाई वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment