आपराधिक क्रियाकलापमा संलग्न पक्राउ

डिसी नेपाल
१४ चैत २०७७ २२:५१

काठमाडौँ । काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ४०० एम्पुल डाइजेपाम, ४०० एम्पुल फेनारगन र ४०० एम्पुल नुर्फिनसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर, मनोहरी गाउँपलिका–७ बस्ने ३० वर्षीय सुनिल तामाङ रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा सिरहाबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५८६४ नम्बरको बसमा आएका उनलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका–१४ बाट तीन केजी गाँजासहित २० वर्षीय आनन्द लामालाई पनि महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *