एपीएफ टोलीद्वारा अवैध औषधि बरामद
सांकेतिक तस्वीर
झापा। झापा जिल्लाको मेचीनगर नगरपालिका ७ सतिघट्टास्थित सीमा ईलाकाबाट आइतबार एपीएफ टोलीले करीब ४ लाख १२ हजार रुपैयाँ बराबरको अवैध औषधि बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले उक्त औषधि बरामद गरेको हो। भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ओरियन्स कम्पनीका औषधिहरु बरामद गरिएको हो। बरामद औषधि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।
उता सिरहा जिल्लाको भगवानपुर गाँउपालिका ४ स्थित बलानखोला ईलाकाबाट शुक्रबार एपीएफ टोलीले लागूऔषध नाईट्राजिपाम ट्याब्लेट ६ सय वटा र डाइलेक्स डिसी १७ बोतल बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट इनरुवाबाट खटिएको एपीएफ टोलीले उक्त लागूऔषध बरामद गरेको छ।
भारतबाट नेपालतर्फ झोला बोकेर आउँदै गरेका व्यक्तिहरुले एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ सोही ठाउँमा झोला फालेर भागेपछि उक्त झोलामा जाँच गर्दा उल्लेखित लागूऔषध फेला परेको हो। बरामद लागूऔषध स्थानीय प्रहरीमा बुझाइएको छ
No ads found for this position

डिसी नेपाल
Facebook Comment