एलियनहरुले यौनसम्बन्धका लागि सयौं मानिसको अपहरण गरेको अनुसन्धानकर्ता दावी

डिसी नेपाल
१६ चैत २०७७ १२:२९

काठमाडौं। अर्कै ग्रहबाट पृथ्वीमा आएका एलियनहरुले पछिल्लो २० वर्षको अवधिमा सयौं पृथ्वीका मानिसहरुलाई अपहरण गरेको एक अनुसन्धानले दावी गरेका छन् । अनआइडेन्टिफाइड फ्ल्याइङ अब्जेक्ट (युएफओ)का विषयमा अनुसन्धान तथा लेखन गर्ने लेखकले आफ्नो नयाँ किताबमा यस्तो दावी गरेका हुन् । यसरी लगिएका मध्ये एक जना सुन्दर देखिने र मित्रवत व्यवहार भएका पृथ्वीबाहिरका गोरा प्राणीले अपहरण गरेका बेलायती पनि छन् ।

द सनको रिपोर्टअनुसार सन् २०१४ देखि अहिलेसम्म कूल २ सय २२ जनाले आफूलाई एलियनले अपहरण गरेको भनेका छन् । ‘कैयौंले आफुहरुसँग एलियनहरुले यौनजन्य व्यवहार गरेको स्मरण गर्छन्’ युएफओज इन द लेट ट्वेन्टीथ सेन्चुरी नामक पुस्तकका लेखक जेरोम क्लार्कले किताबमा लेखेका छन् । उनले किताबमा अस्ट्रेलियाली पिटर खुरीबारे पनि उल्लेख गरेका छन् जसले गोरा एलियनलाई १९९२ मा सिड्नीमा भेटेको बताएका थिए ।

जेरोमले लेखेका छन् ‘उनी आफ्नो ओच्छ्यानमा २ जना अनौठा महिला घुँडा टेकेर बसेको देख्दा चकित भएका थिए । दुवै नग्न थिए । एउटी नोर्डिकजस्ती र अर्की एसियाली जस्ती देखिन्थे ।’ किताबमा ती नोर्टिक महिलाले पिटरको टाउको तीन पटकसम्म आफ्नो स्तनतर्फ तानेको र पिटरले निप्पल टोकेको उल्लेख छ । ती महिलाले पिटरसँग यौन सम्बन्ध राख्न चाहेकी थिइन् तर अचानक आफ्नो कैलौ कपल छाडेर गायब भइन् ।

यसले मानिसहरुलाई एलियनको कथामा विश्वस गर्न सहज बनायो । उक्त कपालको जाँच गर्दा त्यसमा एसियाली र गेलिक उन्नत डिएनएको हाइब्रिड पाइएको थियो । अमेरिकाको इण्डिपोलिसकी एक महिलाले पनि आफू पानीजहाजमा हुँदा आफूलाई एक एलियनले गर्भवती बनाएको र महिनौंपछि भ्रुण लिन आएको दावी गरेकी थिइन् । ती महिलाले पछि एलियनहरु आएर आफूलाई साथमा लगेर आफ्नो आधा मानिस र आधा एलियन छोरीसँग परिचय गराएको दावी गरेकी थिइन् ।

जेरोमले किताबमा अगाडि लेखेका छन् ‘उनीहरुको पहिरन सामान्य ढाक्ने वा वनपिस जम्पसुट हुन्छ । जो स्किन टाइट हुन्छ र उनीहरु नग्नजस्तै देखिन्छन् वा नग्न नै हुन्छन् । अपहरण कुनै पनि ठाउँमा हुन सक्छ र यो २० मिनेटदेखि ५ दिनसम्मको हुन सक्छ । सामान्य अवधि १ घण्टादेखि ३ घण्टासम्मको हुन्छ र अनिवार्य रुपमा रातमा हुनुपर्छ । एउटा प्रमुख प्रक्रिया भनेको प्रजनन अंगको निरीक्षण हुन्छ र धेरैजसो यस क्रममा वीर्य वा अण्ड निकालिन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *