मंगलबार सुन चाँदीको मूल्य घट्यो

डिसी नेपाल
१७ चैत २०७७ ११:१२

काठमाडौं। साताको तेस्रो दिन मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ। मंगलबार छापावाला सुन प्रतितोला ८६ हजार रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि सोमबार सुन ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै मंगलबार तेजाबी सुन तोलामा ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *