पवन कल्याणको फिल्मको ट्रेलर रिलिजमा हंगामा, दर्जनौं थिएटरमा तोडफोड

डिसी नेपाल
१७ चैत २०७७ १६:२८

काठमाडौं। दक्षिण भारतीय सुपरस्टार पवन कल्याणको फिल्म ‘वकिल साब’को ट्रेलर रिलिजका क्रममा हंगामा भएको छ । दक्षिण भारतका कैयौं सहरहरुमा तोडफोड र हंगामा भएको छ । यी सुपरस्टार दक्षिण भारतमा निकै लोकप्रिय छन् त्यसैले उनका फ्यानहरु आफ्ना प्रिय सुपरस्टारलाई ठूलो पर्दामा देख्न चाहन्थे । उनलाई ठूलो पर्दामा हेर्न फ्यानहरुमा यस्तो होडबाजी चल्यो कि कैयौं थिएटरहरुमा भागदौड मच्चियो ।

वकिल साबको ट्रेलर हिजो बेलुकी करिब ४ बजे रिलिज भएको हो । यो ट्रेलर हेर्न फ्यानहरु निकै उत्साहित देखिए । विशाखापट्टनमका केही थिएटरहरुमा फ्यानहरुले तोडफोड गरे । यसको भिडियोहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । संगम सारथ थिएटरमा २ बजे नै फ्यानहरु जम्मा भएका थिए । थिएटरभित्र पुग्न भिडमा धक्कामुक्का चलेको थियो । यस क्रममा भिडले थिएटरको सिसाको ढोका फुटाइदिए ।

सडकमा पनि कहीँ पटाखा फुटाइएका थिए भने कहीँ पवन कल्याणको पोस्टरको आरती गरिएको थियो । २ वर्षपछि पवन कल्याणको कमब्याकले फ्यानहरुमा उत्सवको माहोल छ । फिल्ममा पवन कल्याणको साथमा प्रकाश राज, निवेदिता थोमस, अञ्जली, अनन्या, नरेश, देव गिल लगायत छन् । श्रुति हसनको क्यामियो छ । फिल्म ९ अप्रिलमा सिनेमाघरमा रिलिज हुनेछ । यो फिल्म अमिताभ बच्चनको हिन्दी फिल्म पिंकको तेलुगु रिमेक हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *