प्रदेश नम्बर एकमा माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिने

डिसी नेपाल
१८ चैत २०७७ १८:२०

काठमाडौं । । प्रदेश १ मा नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने भएको छ । केही दिनमै सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले डिसी नेपाललाई बताए ।

‘केन्द्रसँगको सल्लाहअनुसार नै समर्थन फिर्ता लिने कुरा भएको छ, केही दिनमै फिर्ता लिन्छौँ’ आङ्बोले भने, ‘२३ गतेको बैठकबाटै अविश्वासको प्रस्ताव फिर्ता हुन्छ ।’
प्रदेश १ प्रदेशसभा बैठक चैत २३ गते सोमबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । मुख्यमन्त्री राईविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल पक्षका १६ जना सांसदले फिर्ता लिईसकेका छन् । योसँगै मुख्य मन्त्री राईको पद पनि जोगिएको छ।

राईविरुद्ध पुस १२ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो । प्रस्तावमा साबिक नेकपा प्रचण्डमाधव समूहका ३६ सांसदको हस्ताक्षर गरेका थिए। जसमा माधव नेपाल पक्षका २१ र १६ प्रचण्ड पक्षका सांसदरहेका थिए । प्रदेश १ सभामा एमालेका ५१ सांसद छन्, जुन बहुमत हो । माधव नेपाल पक्षका १६ सांसदले अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएपछि शेरधन राईको सरकार निरन्तर चल्ने निश्चित भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *