अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर

डिसी नेपाल
१९ चैत २०७७ १०:४१

काठमाडौं। बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीको तर्फबाट चण्डीगढकी सांसद किरण खेरलाई मल्टिपल साइलोमा भएको खुलासा भएको छ । यो एक किसिमको ब्लड क्यान्सर हो । अहिले किरणको मुम्बइमा उपचार भइरहेको बताइएको छ । किरण खेरका मित्र तथा भाजपा चण्डीगढका सदस्य अरुण सूदले विशेष पत्रकार सम्मेलन गरेर किरणको स्वास्थ्यबारे खुलासा गरेका हुन् । उनका अनुसार किरण २०२० देखि नै यो समस्याको उपचार गराइरहेकी छिन् । किरण खेर बलिउड अभिनेता अनुपम खेरकी पत्नी हुन् ।

पत्रकार सम्मेलनमा सूदले भने ‘गएको नोभेम्बर ११ मा उहाँको हात चण्डीगढको घरमा हुँदा फ्र्याक्चर भएको थियो । चण्डीगढको पोस्ट ग्रयाजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च मा उपचारको क्रममा यहाँमा मल्टिपल साइलोमाको सुरुवाती पक्षण पाइयो । यो समस्या बायाँ हातबाट दायाँ काँधसम्म फैलिएको थियो । ४ डिसेम्बरमा एयरलिफ्ट गरेर उहाँलाई उपचारको लागि मुम्बइ ल्याइयो । त्यसपछि उहाँको उपचार भइरहेको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *