गाउँमै धारा आएपछि कुवाकाे पानी खाने बाध्यता छुट्याे

डिसी नेपाल
२१ चैत २०७७ ८:२५

सिमिकाेट । लामो समयदेखि कुवाको पानी खान बाध्य हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीका वासिन्दाले धाराको शुद्ध पानी पिउन थालेका छन्।

गाउँपालिका–३ को उनापानीको पाँधे लेकमा रहेका नागरिकले शुक्रबारबाट धाराको शुद्ध पानी पिउने सुविधा पाएको स्थानीय छक्क फडेराले बताए। ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोग र ग्रामीण जनउत्थानको प्राविधिक सहयोगमा खानेपानी निर्माण गरिएपछि उक्त ठाउँका स्थानीय खुशी भएका छन्।

शुक्रबारबाट धारामा पानी झरेपछि सम्पूर्ण नागरिकले सो सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन्। सो ठाउँको गुसाँ मूलको पानी ल्याएर पाँधेलेकमा झार्दा यहाँका स्थानीय पानीको स्रोतमा जोडिएका हुन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *