स्काइडाइभिङमा आकाशमै यौनसम्बन्ध राख्न थाले तर प्यारासुट खोल्न बिर्सिएपछि…

डिसी नेपाल
२१ चैत २०७७ १७:००

काठमाडौं। एक जोडीले स्काइडाइभिङको क्रममा विमानबाट हाम्फालेपछि आकाशमै यौन सम्बन्ध राख्न थाले । तर, उनीहरुले समयमै प्यारासुट खोल्न बिर्सिंदा गम्भीर दुर्घटनामा परे । यो जोडीले आफूहरु कसरी आकाशमा रमाइलो गर्ने क्रममा अस्पताल पुगे भन्ने बताएका छन् । द सनमा प्रकाशित रिपोर्टअनुसार विलियम र लेस्लीले टिएलसीको एक टेलिभिजन शोमा आफूहरुले भोगेको दुर्घटनाबारे बताएका छन् ।

विलियमका अनुसार उनीहरु दुवै यौनजन्य रुपमा निकै सक्रिय छन् । यसै क्रममा उनीहरु स्काइडाइभिङमा सहभागी हुने भएपछि लेस्लीको दिमागमा आकाशमै शारीरिक सम्बन्ध राख्ने सोच आएको थियो । स्काइडाइभिङको लागि जाने क्रममा यो जोडीले विमानमा चुम्बन गर्दै रहे ताकि मुड बनोस् । हावाको बीचमा शारीरिक सम्बन्ध राख्नु गाह्रो देखिन्छ तर लेस्ली विश्वस्त थिइन् कि उनहिरुले यति गर्न सक्नेछन् ।

दुवैले ‘ब्यागी सर्ट’ लगाएकोले आफूहरुलाई समस्या नहुने लेस्लीको बुझाइ थियो । यो कुरामा लेस्ली सही पनि थिइन् तर त्यहाँ अर्को समस्या आयो जसको बारेमा उनीहरुले ध्यान दिएकै थिएनन् । सम्बनधकै क्रममा विलियमले टाइमर हेरे, अनि थाहा पाए उनीहरु त जमिनको नतिकै पुगिसकेका थिए । त्यसपछि विलियमले आफ्नो भन्दा पहिले लेस्लीको प्यारासुट खोले । तर, खुल्ने क्रममा प्यारासुटले विलियमको मुखमा लाग्यो र उनी जमिनमा खसे ।

‘सुरुमा मैले उनलाई जमिनमा देख्दा त उनी मरिसके भन्ने सोचेकी थिएँ’ लेस्लीले भनिन् । उनीहरु तत्कालै ए एण्ड इ अस्पताल गए जहाँ डाक्टरहरुले विलियमको नाक मात्र भाँचिएको र अन्यत्र कतै गम्भीर चोट नभएको पुष्टि गरे । भाँचिएको नभए पनि पछारिँदा उनको कम्मरमा पनि निकै पीडा भइरहेको थियो त्यसैले विलियमले केही हप्ता आराम गर्नुपर्ने भयो यद्यपि अन्यत्र भाँचिएको छैन भन्ने खबर उनीहरुको लागि निकै रातपूर्ण थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *