टिभीमा लाइभ रिपोर्टिङ गरिरहेकी पत्रकारको माइक कुकुरले खोसेर भाग्यो

डिसी नेपाल
२२ चैत २०७७ १३:२१

काठमाडौं। सामाजिक संजालमा कहिलेकाहीँ निकै रमाइला भिडियोहरु भाइरल हुन्छन् । पछिल्लो समय यस्तै एक भिडियो भाइरल भइरहेको छ । भिडियोमा टेलिभिजनमा लाइभ रिपोर्टिङ गरिरहेकी एक महिला पत्रकारको माइक कुकुरले खोसेर भागेको देख्न सकिन्छ । त्यसपछि ती महिला रिपोर्टर पनि कुकुरको पछिपछि दौडिन्छिन् । घटना रुसको भएको बताइएको छ ।

यो भिडियो एक पत्रकारले ट्वीटरमा शेयर गरेका छन् । जानकारीअनुसार रुसको मस्को शहरको बाहिरी क्षेत्रको मौसमबारे ती पत्रकारले रिपोर्टिङ गर्दै थिइन् । त्यही बेला एउटा कुकुर आयो र माइकमा झम्टियो । हेर्दाहेर्दै कुकुरले महिला पत्रकारको हातमा रहेको माइक खोसेर भाग्यो । त्यसपछि कुकुर अघिअघि महिला रिपोर्टर पछिपछि दौडिए । केह िपर गएपछि कुकुर रोकिन्छ र महिला रिपोर्टरले आफ्नो माइक लिन्छिन् । यो दृश्य देखेर स्टुडियोमा रहेकी समाचारवाचिका पनि जिल्ल पर्छिन् । यो भिडियो एमएनपी २४ नामक च्यानलको भएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *