पानी तान्ने मोटर चोरी गर्ने व्यक्तिको कुटपिटबाट मृत्यु, पाँच जना पक्राउ

डिसी नेपाल
२२ चैत २०७७ २०:४०

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपािलका वडा नं. २ बर्खेपाटीमा स्थानीय वासिन्दाले पानी तान्ने मोटर चोरी गर्ने चोरलाई कुटपीट गर्दा एकको मृत्यु भएको छ ।

शनिबार राति मोटर चोरी गरेपछि स्थानीयले नियन्त्रणमा लिएका काभ्रेपलाञ्चोक कुसादेवी बस्ने कृष्ण गुरुङको कुटपिटबाट मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चोरलाई कुटपीट गरेको अभियोगमा पाँच जना नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी प्रभाग व्यासी भक्तपुरबाट प्रहरी नायब उपरीक्षक बीरबहादुर भण्डारीको कमाण्डमा प्रहरी टोलीलाई तत्कालै घट्नास्थल पुगेपनि स्थानीय बासिन्दाले त्यतिन्जेल चोर समातेर कुटपीट गरी घाइते बनाइसकेका थिए ।

स्थानीय बिनोद लाखाको घर नजिकै रहेको च्याउ खेतीमा लगाउन बनाएको सानो पानी जम्मा भएको पोखरीमा पानी तान्ने मोटर निकाल्दै गरेको अवस्थामा बिनोद लाखासमेतका व्यक्तिहरुलेदेखि गुरुङलाई नियन्त्रणमा लिई कुटपिट गरी घाइते बनाएको भक्तपुर प्रहरी परिसरका डिएसपी दीपक गिरीले जानकारी दिए । उनलाई तत्कालै उपचार्थ भक्तपुर अस्पतालमा पठाइएकोमा उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको हो । घटनापछि पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला पारी कुटपिट गरी गम्भीर घाइते बनाई प्रहरीलाई खबर गर्ने पाँंच जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको डिएसपी गिरीले बताए ।

पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ बस्ने बर्ष ५० को टेकबहादुर के।सी, सोही स्थान बस्ने बर्ष ३२ को नविन कोजू, भक्तपुर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३७ को बिनोद लाखा, दोलखा भीमेश्वर नगरपालिका ९ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपािलका वडा नं. २ बस्ने बर्ष ३८ को कमल खत्री (फुँयाल) र सुनसरी बर्जु गाउापलिका वडा नं. ३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका ३ बस्ने बर्ष ३४ को सनिस कुमार राय रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *