भारतको महाराष्ट्रमा मिनी लकडाउन घोषणा
काठमाडौं। कोरोना भाइरसको दोस्रो लहरसँगै दैनिक संक्रमितको संख्या उच्च भएपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धहरु लगाइएको छ। भारतीय सञ्चार माध्यमहरुले यो कडा प्रतिबन्धलाई मिनी लकडाउन भनेका छन्।
भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार राति ८ बजेबाट लागू हुनेगरी महाराष्ट्र सरकारले प्रतिबन्ध लगाएको हो। महाराष्ट्र सरकारको मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन्।
समाचार अनुसार होटलमा बसेर खान, राति अबेरसम्म पसल सञ्चालन गर्न, फिल्म शूटिंग गर्न, पार्क सञ्चालन गर्न र भीडभाड हुने क्षेत्रमा प्रतिबन्ध लगाइएको छ। उद्योग कलकारखानाका लागि केही दिनमै आदेश जारी हुने जनाइएको छ।
महाराष्ट्रमा शनिबार करिब ५० हजार नयाँ संक्रमित थपिएका छन्। महाराष्ट्रमा हाल ४ लाखभन्दा धेरै सक्रिय संक्रमित रहेको समाचारमा जनाइएको छ। भारतमा हालसम्म एक करोड २४ लाख ८५ हजार ५ सय जना संक्रमित भइसकेका छन् भने १ लाख ६४ हजार ६२३ जनाको मृत्यु भइसकेको छ।
भारतमा कोरानाविरुद्ध खोप अभियान पनि जारी छ। तर पनि भारतमा दैनिक कोरोना संक्रमितको संख्या बढिरहेको छ। सबैभन्दा धेरै महाराष्ट्र राज्यमा कोरोनाको उच्च संक्रमण भएको छ। भारतमा डबल म्युटेट भाइस फेला परेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment