पूर्वप्रधानसेनापति राणाको निधन

डिसी नेपाल
२३ चैत २०७७ ६:२४

काठमाडौं। पूर्वप्रधानसेनापति अर्जनुनरसिंह राणाको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ। कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

राणा २०४० साल जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति थिए। उनका चार छोरी छन्। उनको पार्थिव शरीरलाई साेमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *