रामायणको उल्थादेखि रोधीघरसम्म हनिफ मियाको कथा – Dcnepal

रामायणको उल्थादेखि रोधीघरसम्म हनिफ मियाको कथा

काठमाडौं। एउटा मुस्लिमले हिन्दू धर्मग्रन्थ ‘रामायण’ लाई प्रमोट गरिरहेका छन् भन्दा अविश्वास लाग्न सक्छ। पत्याउन गाह्रो विषय पनि हो। मुल्सिम समुदायलाई धर्मका विषयमा कट्टर मानिन्छ।

छिमेकी देश भारतमा पनि हिन्दू र मुस्लिमकाबीच धेरै पटक मुडभेड भएको छ। धेरैले धर्मको नाममा भएका हिंसामा आफ्नो ज्यान दिएका छन्। धर्मका कारण भारतबाट पाकिस्तान र पाकिस्तानबाट पनि बंगलादेश टुक्रिएका उदाहरण छन्।

हालसम्म साम्प्रदायिक दंगा नभएको देश नेपाल हो। केही महिना अगाडि काठमाडौंको धरहरा नजिक रहेको मस्जिदमा डोजर चल्यो। नितान्त अरु नै विषय भएका कारण विवाद मिल्यो र पुनः त्यो सम्पदा ठडिँदै छ।

यदि यही घटना भारतमा भएको भए साम्प्रदायिक बनाएर लाखौंले ज्यान गुमाउनु पथ्र्यो होला। नेपालमा विवादित सीमित व्यक्तिहरु बाहेकका कसैलाई थाहा भएन। त्यसैको कारण पनि नेपालमा साम्प्रदायिक विवाद भएका छैनन्।

समाचारको सुरुवातीमा उठाइएको प्रशंगलाई जोडौं। मुस्लिम समुदायको व्यक्तिले हिन्दू धर्मग्रन्थ ‘रामायण’ लाई प्रमोट गर्ने व्यक्ति पनि नेपालकै हुन्। नेपालको पोखरामा रहेका हनिफ मियाले नेपाली रामायणलाई उर्दू भाषामा अनुवादन गर्न थालेका हुन्।

हनिफ मियालाई सम्झँदा अलि मिया छुट्दैनन्। राणा शासन ढाल्नका लागि नेपाली लोक साहित्यका प्रखर व्यक्ति अलि मियाका पुत्र हुन हनिफ। अलिमिया वाङ्मय प्रतिष्ठानका अध्यक्षसमेत रहेका हनिफले भानुभक्त आचार्यद्वारा अनुवादित रामायणदेखि वाल्मिकीले लेखेको रामायणसम्मलाई अध्ययन गरेको अनुभव सुनाउँछन्।

गाउँमा भएको एउटा महायज्ञमा पुगेर कथा सुन्दै गर्दा साउदी अरबको मक्कामा मक्केश्वर महादेव रहेको भन्ने थाहा पाएको उनले बताए। उनले भने, ‘मलाई कौतहलता भयो। मैले सबै धर्मका बारेमा जान्ने सोच राखेँ। सबै ग्रन्थहरु पढ्न थालेँ। मैले पानीलाई जल, वाटर, मोया भनेझैं धर्मको पनि भाषागत परिचय दिइएको पाएँ।

‘बुबाले बिट्रिसको जागिर छोडेर राणा शासन ढाल्न लागि पर्नु भयो,’ हनिफ सम्झिन्छन्, ‘लोक साहित्यको माध्यामबाट लाग्नु भयो। जसका कारण राजा महेन्द्र खुसी हुनु भइ २५ रोपनी जमिन र १० हजार रुपैयाँ पुरस्कार दिएका थिए। बुबाले अस्वीकार गर्नु भयो र भूमिसुधारको माग गर्नु भयो।’

हनिफका अनुसार २०२१ सालमा जब तत्कालीन राजा महेन्द्रले भूमिसुधारको व्यवस्थ लागू गरेपछि अलि मियालाई धन्यावाद पनि दिएका थिए।
‘एक मान्छेले अर्को मान्छेको आत्मालाई जितेर खुसी पार्नु पूर्ण धर्म हुन्छ,’ हनिफ सुनाउँछन्, ‘मैले पढेको इस्लामले पनि शान्ति चाहन्छ। मैले बुझेको धर्म एउटै हो। हामीले भाषामा फरक फरक प्रयोग गरिरहेका छौं।’

गाउँमा भएको एउटा महायज्ञमा पुगेर कथा सुन्दै गर्दा साउदी अरबको मक्कामा मक्केश्वर महादेव रहेको भन्ने थाहा पाएको उनले बताए। उनले भने, ‘मलाई कौतहलता भयो। मैले सबै धर्मका बारेमा जान्ने सोच राखेँ। सबै ग्रन्थहरु पढ्न थालेँ। मैले पानीलाई जल, वाटर, मोया भनेझैं धर्मको पनि भाषागत परिचय दिइएको पाएँ।’

‘ब्रह्मज्ञान एउटै हो। अर्को होइन, जब बच्चा जन्मेर जमीनमा पर्छ, रुन्छ अनि ब्रह्मज्ञान बिर्सिन्छ र त्यसपछि जब पढेर कसैले ब्रह्मज्ञान सम्झिन्छ तब ४ वटा कुराको ऋणि हुन्छ। पहिलो भगवान, दोश्रो आमा बुवा र तेश्रो माटोको ऋणि हुन्छ। गुरुको ऋणि हुन्छ,’ हनिफले भने।

आफूले पोखरामा भानुभक्तको ६ फिट अग्लो शालिक बनाएको बताए। उनले, ‘एउटाले अर्को धर्मको मान्छेलाई र धर्मलाई सम्मान गर्न जाने मात्र मेरो धर्मलाई पनि सम्मान मिल्छ भन्ने मैले बुझेँ छु।’

धर्मका बारेमा मात्र जानकार छन् भनेर भन्दा हनिफको परिचयमाथि न्याय हुँदैन। उनी नेपाली साहित्यमा पनि उत्तिकै पोख्त व्यक्ति हुन्।

‘बाहिरका गोरा, यहाँका बाँदर हेर त कस्तो छ, झलक्क हेर्दा यी दुई थरी दाजुभाइ जस्तो छ’ लोक साहित्यको हरफ सुनाउँदै हनिफले भने,’ ‘त्यो बेलामा सयम अनुसारको गाइन्थ्यो। एक पटक उद्योग वाणिज्यसंघको हलमा विदेशबाट गोराहरु आएका थिए। स्वागत भाषण कविताबाट गर्नुहोला भनेर भने, लेखेर गएको थिएँ। त्यहाँ गएको त बाँदरको बच्चा कराएर रुखमा चडेको देखेँ। धेरै गोराहरु पनि त्यही बाटो गएको देखेँ। लेखेर लिएको कविता त्यँही च्याँते, अनि अर्को लेखेँ।’

‘त्यो बेलामा रोधी पनि बसिन्थ्यो,’ चम्किलो अनुहार पार्दै हनिफले सुनाए, ‘एक जना बहिनी थिइन्, उनको पनि आमा हुनुहुन्थेन, मेरो पनि हुनुहुन्थेन। हामी दाउराघाँस सँगै जान्थ्यौं। त्यहाँ पनि कुराकानी दाहोरी मै हुन्थे।’

बिहे नगरे पनि मन पर्यो माइली र कान्छी, घरमा एउटी बनाउँछु तीन वटी भन्दा आ..यू.. भन्थे, हा…’, हनिफ सम्झिँदै मुस्कुराउँदै थिए। उनले अलिकति आफुले उनै केटीसँगको दोहोरी पनि यसरी सुनाएः

‘भैछौ क्यारे न्याउली ज्यानको, चैत मास नै बोल्न्या बरी त मैले भने। उनले पनि फर्काइन्, मेरो त इज्यतै लियो, विना बादल असिना पानीले। अनि मैले भने, न्याउली पार नरोए बरा, खोली किनार पुतली बसेर, उनले भनिन्, मेरो त पुगेको पालो, तश्रोबाटो भइराछ उकालो’ मुस्कुराउँदै थिए।

त्यो बेलामा गाउँने दोहोरीको पनि अलगै महत्व रहेको हनिफले बताए। अमेरिकामा बस्ने हनिफले नेपालमा रहेका नेपालीहरुले आफ्नो संस्कृतिलाई विर्सिन–विर्सिन खोजेको बताए। उनले लकडाउनका कारण केही ढिला भए पनि रामायण उर्दू भाषामा ल्याउनका लागि एकदमै हतारिएको पनि बताए।

हनिफ मियासँग डिसी नेपालका लागि अर्जुन दाहालले गरेकाे भिडियाे संवाद

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो