नक्कली पेस्तोल देखाई लुटपाट गर्ने पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
रौतहट। रौतहटमा नक्कली पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने एक जना लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नगरपालिका वडानम्बर ४ निवासी २० वर्षीय शेख जवेर रहेका छन्।
उनले गौर नगरपालिका वडानम्बर ५ बीपी चौक स्थित सार्वजनिक सडकमा मादक पदार्थ सेवन गरी नक्कली पेस्तोल -खेलौना) देखाई सडकमा हिडने पैदल यात्रुलाई डर त्रास देखाई पैसा लुटन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका जवेरमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment