हिमाल आरोहणमा बढ्दो आर्कषण

डिसी नेपाल
२३ चैत २०७७ १२:३७

काठमाडौं। कोरोना महामारीको प्रभाव र लामो समयको बन्दाबन्दीपछि शिथिल बनेको हिमाल अरोहणमा पर्यटकको चहल पहल बढ्न थालेको छ। विश्वका विभिन्न देशमा कोरोनो भाइरस विरुद्धको भ्याक्सिन उपलब्ध हुँदै गएको र जनजीवन सामान्य अवस्थामा फर्किन थालेसँगै हिमाल आरोहण गर्ने पर्यटकको संख्या बढेको हो।

कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन्। पर्यटन विभागले अनुमतिपत्र वितरण गर्न सुरु गरे यता नेपालमा हिमाल आरोहण गर्न आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको हो। पर्यटन विभागले अनुमतिपत्र वितरणका लागि गत चैत १ गतेदेखि अनलाइनमार्फत आवेदन माग गरेको थियो।

त्यसपछि हाल सबैभन्दा धेरै पर्यटकले सगरमाथाको आरोहण गर्नको लागि अनुमति मागेका छन्। एक महिना भित्र नै सगरमाथा आरोहणको लागि १ सय ३८ जनाले अनुमति पाएका छन्।

यस्तै हाल अन्नपूर्ण हिमाल आरोहण गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ। अन्नपूर्ण हिमाल ओहण गर्न एक महिनामा ४४ जनाले अनुमति पाएको विभागले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *