नेप्से झिनो अंकले बढ्यो, परिसूचक हालसम्मकै उच्च विन्दुमा

डिसी नेपाल
२३ चैत २०७७ १६:४२

काठमाडौं। साताको दोस्रो कारोबारोको दिन सोमबार सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेकाे छ। आइतबार नयाँ अलटाइम हाइ रेकर्ड बनाएको नेप्से, आज १ दशमलव १३ अंक बढेर २६ सय ५८ दशमलव ७४ विन्दुमा पुगेको हो। यो हालसम्मकै उच्च विन्दु हो।

सोमबारको बजारमा कुल २ सय १२ कम्पनीको १ करोड ५८ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब २९ करोड ६७ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भयो।

यस दिन नेप्से सामान्य अंक बढेपनि ४ कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। एनआईसी एशिया लघुवित्त, राधी विद्युत कम्पनी, वोमी माइक्रोफाइनान्स र सानिमा जनरल इन्स्योरेन्सको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

सोमबार गोर्खाज फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ४ दशमलव १२ प्रतिशत घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *