अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन रोक्न बीमा समितिको निर्देशन

डिसी नेपाल
२४ चैत २०७७ १३:३०

काठमाडौं। बीमा समितिले अजोड इन्स्योरेन्स (एआइएल) को हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव स्थगन गर्न निर्देशन दिएको छ। कम्पनीले बीमा समितिसँग अनुमति नलिएको भन्दै हकप्रदको एजेन्डा स्थगन गर्न निर्देशन दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।

उनले अजोड इन्स्योरेन्सलाई हकप्रदको प्रस्ताव स्थगन गर्न निर्देशन दिएको बताएका छन्।

कम्पनीले चैत १७ गते ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव सहित बैशाख ७ गते वार्षिक साधारण सभा बोलाउन सूचना प्रकाशित गरेको थियो। साधारण सभाको सूचना सार्वजनिक हुनु भन्दा एक दिन अघि अर्थात चैत १६ गतेको कारोबारमा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको थियो।

हकप्रद निष्काशनको सूचना आउनु अघि १० प्रतिशतले सेयरमूल्य बढेपछि लगानीकर्ताहरुले सूचना चुहिएको आशंका गरेका गर्दै विरोध जनाएका थिए।

त्यस विषयमा अध्ययन तथा छानविन गर्न नेपाल धितोपत्र बोर्डले बोर्डका निर्देशकको संयोजकत्वमा एक उप समिति गठन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *