ट्रक दुर्घटना हुँदा एकजनाको मत्यु

डिसी नेपाल
२४ चैत २०७७ १५:२७

भाेजपुर । अरुण गाउँपालिका–४ छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार राति धरानबाट भोजपुरतर्फ आउँदै गरेको ना ३ ख ३२० नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रकका मालिक मोरङ पथरीशनिश्चरे–८ का ४३ वर्षीय भेषबहादुर बस्नेतको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रक चालक अरुण गाउँपालिका–६ जरायोटारका २० वर्षीय जनकबहादुर खड्का गम्भीर घाइते भएकाले विराटनर्सिङ कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शव परीक्षण भने आज जिल्ला अस्पताल भोजपुरमा भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदीप लामाले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *