हालसम्मकै उच्च विन्दुमा नेप्से, परिसूचक १५ अंकले बढ्दा साढे ७ अर्बको कारोबार

डिसी नेपाल
२४ चैत २०७७ १६:०३

काठमाडौं। साताको तेस्रो दिन आज (मंगलबार) सेयर बजार परिसूचक नेप्से १५ दशमलव ७२ अंकले बढेर २६ सय ७४ दशमलव ४६ अंकमा राेकिएकाे छ। यो हालसम्मकै उच्चतम विन्दु हो।

यो साताको पहिलो दिन आइतबार हालसम्मकै उच्च विन्दुको किर्तिमान रचेको नेप्सेले सोमबार र आज पनि नयाँ रेकर्ड कायम गरेको छ। यसअघि आइतबार २५ दशमलव ७१ अंकले बढेर २६ सय ५७ शमलव ६१ को ऐतिहासिक विन्दुमा पुगेको परिसूचक सोमबार १ दशमलव १३ अंकले बढेर नयाँ रेकर्ड कायम गरेको थियो।

मंगलबार २ सय १३ वटा कम्पनीको एक करोड ६१ लाख आठ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भयो।

कुल १४ ओटा समूहमध्ये ५ समूहको सेयर परिसूचक भने राताम्मे भए। आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक २०५ शमलव ७९ अंकले बढेको छ।

सर्वाधिक कारोबार रकममा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ३९ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै मंगलबार सबैभन्दा धेरै युनाइटेड मार्दी हाइड्रोपावर लिमिटेड, युनिभर्सल पावर कम्पनी, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र चन्द्रागिरी हिल्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *