ओखलढुंगामा जीप दुर्घटना, ३ जनाको मृत्यु

डिसी नेपाल
२४ चैत २०७७ १७:५१

काठमाडौं। ओखलढुंगाको मानेभन्ज्याङमा जीद दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मंगलबार दिउँसो ना १ ज ८३३२ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षण्क शिव कट्टेलले डिसी नेपाललाई जानकारी दिए। उनले एकजनाको मृत्यु भएको पुष्टि भएको बताए।

अन्य दुईजनाको मृत्यु भइसकेको भए पनि घोषणा भने भइसकेको छैन। ५ वर्षीया डोलकुमारी मगर मृत्यु भएको घोषणा भएको छ भने ७१ वर्षकी बिनामाया मगर, ५० वर्षकी टुल्कीमाया मगरको अवस्थाबारे औपचारिक घोषणा भएको छैन। यस्तै दुर्घटनामा सक्त घाइते २६ वर्षीय कमलबहादुर थापा मगरलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक कट्टेलले कच्ची सडक भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *