चिनियाँ खोप भोलिदेखि लगाइने, अस्पताल पनि तोकिए

डिसी नेपाल
२४ चैत २०७७ १९:५१

काठमाडौं। उत्तरी छिमेकी चीनले अनुदान सहयोगमा उपहार दिएको कोरोनाविरुद्धको खोप बुधबारबाट लगाइने भएको छ। चीनले नेपाललाई ८ लाख डोज सिनोफार्माको उत्पादन रहेको खोप सहयोग गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न २३ स्थानबाट सो खोप लगाइने जानकारी दिएको छ।

मन्त्रालयले १८ देखि ५९ वर्ष समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधी, फलफूल, तरकारी लगायतका व्यापारीलाई यो खोप लगाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, राष्ट्रय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर, नेपाल मेडिकल कलेज अत्तरखेलमा यो खोप लगाइने छ।

यस्तै काठमाडौं मेडिकल कलेज सिनामंगल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल पानीपोखरीमा पनि यो खोप लगाइने छ।

ओम अस्पताल चाबहिल, क्षेत्रपाटी निस्शुल्क चिकित्सालय क्षेत्रपाटी, भक्तपुर नेपाल कोरिया मैत्री अस्पताल ठिमी, भक्तपुर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनमा पनि यो खोप लगाइने स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ।

किष्ट मेडिकल कलेज ललितपुर, आनन्दवन अस्पताल ललितपुर, धुलिखेल अस्पताल काभ्रे, त्रिशुली अस्पताल नुवाकोट, बाह्रविसे अस्पताल सिन्धुपाल्चोक र रसुवा जिल्ला अस्पतालमा पनि यो खोप लगाइने छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *