साइकल यात्रीकाे अनुभव : यात्रा गर्ने सडक जोखिपूर्ण छन् – Dcnepal

साइकल यात्रीकाे अनुभव : यात्रा गर्ने सडक जोखिपूर्ण छन्

काठमाडौं। ‘दाउन्नेको उकालोमा कुकुरले आएर जुत्तामा समात्यो, जुत्तामा प्वाल पनि परेको छ,’ साइकल यात्री देवेन्द्र बस्नेत मंगलबार नेपाली चुल्हो लाजिम्पाटमा आफ्नो अनुभव सुनाउँदै थिए।

‘पेडल फर एजुकेसन’ अन्तर्गत दोलखादेखि डडेलधुरासम्मको करिव १ हजार २ सय किलोमिटरको साइकल यात्राका क्रममा आफूले भोजेका अनुभव सुनाउँदै गर्दा कति ठाउँमा खुसी हुन्थे कति ठाउँमा भावुक पनि हुन्थे।

काठमाडौंबाट हेटौडा जाँदा होस्, आगोमा डढेलो लागेको सुनाए। जंगलहरुमा डढेलो लागेका कारण ढुङ्गा खस्ने गरेको र ती ढुङ्गाहरुले आफूलाई पनि जोमिख बनाएको उनको अनुभव छ।

उनले भने, ‘अत्तरीयाबाट माथि जाँदा बासुको भिरमा साह्रै गाह्रो भयो। तल हेर्दा सिधा भिर देखिन्छ। गाडीहरु दोहोरो आएपछि साइकल यात्रीलाई सम्हाल्न साह्रै गाह्रो पर्छ।’

त्यहाँको मात्र रोड नभएर नेपालमा आफूले हिँडेका धेरै सडकहरुमा पहेँलो धर्का भन्दा बाहिरको सडक नभएको र गाडीवालाले साइकल देखेपछि हेपेर चलाउने ब्यवहारका कारण पनि साइकल यात्रिलाई गाह्रो हुने गरेको अनुभव देवेन्द्रको छ।

उनले भने, ‘अलि सिरियस हुन पर्ने कुरा सडक नै हो। सडकको पहेँलो धर्कादेखि बाहिरको भाग कम छ। म त साइकलमा अव्यस्त भएका कारण त्यति फरक परेन, तर सर्वसाधारणका लागि त त्यो जटिल समस्या हो।’

सडकमा कुकुरले पनि साइकल यात्रिलाई दुःख दिने गरेको सुनाए। उनले दोलखामा पनि आफूलाई कुकुरले लखेटेको र दाउन्नेमा त झन जुत्ता नै च्यातिदिएका छन्। ‘त्यो मैले मात्र भोग्ने समस्या हैन,’ देवेन्द्रले सुनाए, ‘सबैलाई त्यो समस्या हुन्छ। घरमा पालेको कुकुर भए राम्रो सँग पाल्नु प¥यो। रोडमा छोड्ने कुकुरलाई सरकारले व्यवस्थापन गर्नु पर्छ।’

सानैदेखि साइकल चलाउन थाले पनि २००८ बाट आफूले पुनः साइकल चलाउन थालेको अनुभव बस्नेत को छ। बस्नेतले भने, ‘सानोमा काठमाडौं आँखाले देखिने ठाउँसम्म साइकल चलाइन्थ्यो। दक्षिणकाली जान सबैभन्दा बढी जोखिम हुन्थ्यो। अहिले त काठमाडौं आँखै अगाडि परिवर्तन हुँदा सपना जस्तै लाग्छ।’

‘म त नेपालको लोकतन्त्रको वास्तविक रुप हेर्न सडक छेउमा उभिनु पर्छ भन्छु,’ बस्नेतले सुनाए, ‘पैदल यात्रीलाई साइकलले हेप्छ, साइकललाई स्कुटर र मोटरसाइकलले हेप्छन् र मोटरसाइकललाई ठूला गाडीहरुले हेपेका हुन्छन्। सबैले आ–आफ्नो मर्जिका साथ चलाएका हुन्छ। काठमाडौं भित्र त यति रिस्क छ नि भन्नै सकिँदैन। कुैन नियम छैन्। कसैलाई कसैको डर छैन।’

के हो ‘पेडल फर एजुकेसन्’

हेल्प नेपाल नेटवर्कले शैक्षिक क्षेत्रका लागि काम गर्न पेडल फर एजुकेसनको अवधारणा ल्याएको हो। दोलखामा बन्ने विद्यालय र डडेलधुरकाको पुस्तकालयको लागि आवश्यक रकम संकलन गर्नका लागि देबेन्द्र बस्नेतले साइकल यात्रा गर्ने निधो गरे र हेल्पनेपाल नेटवर्कले उनीसँग सहकार्य गर्यो।

हेल्प नेपाल नेटवर्के नेपालकी स्वास्थ्य विभाग संयोजक लिला घिमिरे अनुसार विदेशमा भएका नेपाली र नेपालमा भएका नेपालीले नेपालको शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनमा काम गर्नका लागि स्थापना भएको हो।

हालसम्म नेपालमा २ सय भन्दा बढी स्वास्थ्य सिविर गरेको घिमिरेले जानकारी दिइन्। त्यस्तै ५० वटा जति विद्यालयको भवन बनाएको पनि उनले सुनाइन्। २०७२ सालको भूकम्प र अन्य वर्षेनी हुने विपद्मा पनि हेल्प नेपाल नेटवर्कले काम गर्दै आएको घिमिरेले जानकारी दिइन्।

‘दोलखाको राजकुलेश्वर विद्यालय भूकम्पले भत्काएपछि पुनःनिर्माण गर्नु पर्ने भयो,’ घिमिरेले भनिन्, ‘उक्त विद्यालय बनाउनका लागि ७ करोडको अनुमान गरिएको छ। भूकम्पकै कारण त्यो बेलामा आर्थिक जोहो गर्न पनि सकिएन्। पछिल्लो समय कोरोनाले पनि समस्या गर्यो। त्यसैले पनि अहिले हामीले पेडल फर एजुकेसन गरेका हौं।’

हरेक प्रोजेक्टका लागि आएको शतप्रतिशत रकम हेल्पनेपालले उक्त प्रोजेक्टमा मात्र खर्च गर्ने गरेको घिमिरेले जानकारी दिइन्। उनका अनुसार ३ जनामात्र कर्मचारी अपिसमा रहेका छन्। आफू लगायत जति पनि काम गर्ने छन् सबैले भोलेन्टीयर भएर काम गरिरहेका छन्।

‘आफ्नो बचेको अलिकति समय खर्च गर्ने हो,’ उनले सुनाइन्, ‘म त्रिविको प्रोफेसर हुँ। मैले आफ्नो बचेको समय दिन्छु। भोलेन्टीयर नै गर्छु। अरु साथीहरु पनि त्यसै गर्नु हुन्छ।’

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो