ज्योति लाइफको सेयर सेकेन्डरी मार्केटमा

डिसी नेपाल
२५ चैत २०७७ ११:३३

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजार (सेकेन्डरी मार्केट) मा कारोबार सुरु भएको छ । मंगलबारदेखि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै आज (बुधबार) बाट कारोबार सुरु भएको हो।

नेप्सेको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता सेयर ३ सय ६० रुपैयाँमा कारोबार भएको छ।

नेप्सेले कम्पनीको सेयर कारोबारको लागि १ सय २० रुपैयाँदेखि ३ सय ६० रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *