बुधबार ५ सय रूपैयाँले बढ्याे सुन

डिसी नेपाल
२५ चैत २०७७ ११:४७

काठमाडौं। साताको चौथो दिन बुधबार पनि सुनको मुल्य बढेको छ। बुधबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ८८ हजार कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि मंगलबार सुन ३ सय रुपैयाँ बढेर प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार तेजावी सुनको मुल्य प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ।

यस्तै, बुधबार चाँदीको मुल्य पनि बढेको छ। चाँदी आज तोलामा १० रुपैंयाले बढेर प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *