घरमा झुट बोलेर हिँडेकी मोडल नग्न फोटोशुटमा पक्राउ परिन्, ट्याटुले खोलिदियो पोल

डिसी नेपाल
२५ चैत २०७७ १४:५२

काठमाडौं। दुबइको एक बाल्कोनीमा तीन दर्जनभन्दा धेरै मोडलहरुले नग्न पोज दिएपछि विवाद भएको छ । उनीहरुलाई जेल वा जरिवाना सजाय हुने बताइँदै गर्दा अहिले भने उनहिरुलाई डिपोर्ट गरिने भएको छ । यिनैमध्येकी एक मोडल याना ग्रेबोश्चुकका परिवारले उनी यो फोटोसुटमा भएको कुरा थाहा पाउँदा चकित परे । २७ वर्षकी याना युक्रेनकी हुन् र यो फोटोसुटमा देखिएका ११ मोडल पनि युक्रेनकै हुन् । यी ११ मोडलसहित १ फोटोग्राफरलाई पुलिसले पक्राउ गरेको छ ।

यानाका भाइ तारसका अनुसार उनको परिवारका कसैलाई पनि याना दुबइ जान लागेको भन्ने अनुमान समेत थिएन । यानाले दुबइमा नग्न फोटोसुट गराएको थाहा पाउँदा आफूसहित पूरै परिवार चकित परेको तारसले बताए । परिवारमा यानाले विदा मनाउन जान लागेको भनेकी थिइन् । यानाको पहिचान उनको ट्याटुको कारण भएको थियो । यानाले इन्स्टाग्राममा पोस्ट गरेका फोटोहरुमा पनि उनको ट्याटु देख्न सकिन्छ । यानासहित अन्य केही मोटलको समेत सामाजिक संजालमार्फत पहिचान खुलेको छ ।

मेलअनलाइनका अनुसार याना कानुनकी ग्रयाजुएट हुन् । तर, कानुनको क्षेत्रमा काम नपाएपछि उनले रेष्टुरेन्ट र क्याफेमा समेत काम गरेकी थिइन् । विगत एक वर्षदेखि उनले मोडलिङ गरिरहेकी थिइन् । यानाले दुबइबाट कैयौं तस्वीर पनि इन्स्टाग्राममा शेयर गरेकी छिन् । दुबइमा मोडलहरु रुस, बेलारुस, मोल्दोभा र युक्रेनबाट गएका थिए । रिपोर्टका अनुसार ११ मोडललाई दुबइ पुलिसले सार्वजनिक ठाउँमा अनैतिक आचरण गरेकोमा पक्राउ गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *