अपर सोलु हाइड्रोले माग्यो आइपीयोका लागि अनुमति

डिसी नेपाल
२५ चैत २०७७ १५:२४

काठमाडौं। अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ३३ लाख ७ हजार ५ सय कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो।

बोर्डमा यही चैत १६ गते कम्पनीले आईपीओ निष्कासनको आवेदन दिएको हो। आईपीओ निष्कासनको लागि कम्पनीले एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

आइपीओको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ निर्धारण गरिएको छ। यो आइपीओमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *