नेपाल पत्रकार महासङ्घ काठमाडौँमा सुवेदी

डिसी नेपाल
२७ चैत २०७७ ९:३८
140
Shares

काठमाडाैं । नेपाल पत्रकार महासङ्घ काठमाडौँको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन्। महासङ्घ काठमाडौँको बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा रामचन्द्र दुलाल (भाञ्जा), महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन्। यसैगरी खुला सदस्यमा कमलराज राई, कृष्णप्रसाद ढुङ्गेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डङ्गोल विजयी भएका छन्।

मधेशी सदस्यमा मीनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दीपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजय भएका छन्। देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौँ शाखाको बुधबार सम्पन्न निर्वाचनमा एक हजार २३४ मत खसेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *