पत्रकार महासंघ हुम्ला अध्यक्षमा रावत विजयी

डिसी नेपाल
२७ चैत २०७७ ९:४३

सिमकोट । नेपाल पत्रकार महासङ्घ हुम्ला जिल्ला शाखाको अध्यक्षमा राजन रावत विजयी भएका छन्। बुधबार भएको निर्वाचनबाट रावत निर्वाचित भएका हुन्। बिहीबार भएको मतगणनामा रावतले कूल खसेको २९ मतमध्ये २० मत पाएको महासङ्घ जिल्ला निर्वाचन समितिका संयोजक हरिबहादुर रावतले बताए। अध्यक्षका अर्का प्रत्यासी अर्जुन बोहराले नौ मत प्राप्त गरे।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा राजबहादुर शाही, सचिवमा नन्द सिंह, कोषाध्यक्षमा सुरेश परियार, दलित सदस्यमा दलसरा परियार विजयी भएका छन्। महिला उपाध्यक्षमा कुसुम बुढा यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी छन्। त्यसैगरी सहसचिवमा छपाल लामा र अशोक भण्डारी पनि निर्विरोध चयन भएका छन्। सदस्यमा बेलुमाया महतारा, भक्तराज ऐडी, लोग भण्डारी, दाने बोहरा, पदमराज हमाल चयन भएका छन्। उनीहरू पनि निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारी (ओली पक्ष) बीच सहकार्य भएको हो । त्यस्तै केन्द्रीय परिषद् सदस्यमा जनक शाही र नवराज महतारा तथा प्रदेश परिषद् सदस्यमा कालीबहादुर थापा पनि निर्विरोध चयन भएका हुन्। नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा ३३ पत्रकार आबद्ध भए पनि २९ जनाले मतदान गरेका थिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *