जसले गाडी घरसम्म ल्याइदिएको ज्याला मात्रै ८० लाख रुपैयाँ तिरे

डिसी नेपाल
२८ चैत २०७७ १६:४६

काठमाडौं। बलिउड अभिनेता कार्तिक आर्यनले हालै साढे ४ करोड भारतीय रुपैयाँ बराबरको ल्याम्बोर्गिनी उरुस कार किने । उनले यो कारसहितको भिडियो सामाजिक संजालमा शेयर गरेका छन् । उनले यो गाडीको लागि पानीझैं पैसाबगाएको भन्दै उनको चर्चा चुलिएको छ । नेपाली मुद्रामा ७ करोड २० लाख रुपैयाँ गाडी किन्नमै खर्च गरेका उनले ५० लाख भारु अर्थात ८० लाख रुपैयाँ त गाडी घरसम्म ल्याउनको लागि ज्याला मात्रै तिरेको खबर छ ।

 

View this post on Instagram

 

A post shared by KARTIK AARYAN (@kartikaaryan)

रिपोर्टका अनुसार कार्तिकले यो गाडी इटलीबाट मगाएका हुन् । यो गाडी भारतमा अहिले आइसकेको छैन । यो गाडी भारत आउन अझै ३ महिना लाग्छ तर उनलाई यो गाडी लिन यति हतार थियो कि उनले ३ महिना पर्खिन सकेनन् । यस्तोमा उनले इटलीमै गाडी किनेर गाडी एयरलिफ्ट गरेर भारत ल्याए । यसरी ल्याउँदा उनले एयरलिफ्टवापत ५० लाख रुपैयाँ तिर्नुपर्यो । गाडी आइसकेपछि उनले शेयर गरेको भिडियोमा उनले गाडीलाई ढोगिदिएको देख्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *