‘गुगल म्याप’ले गल्ती गर्दा बेहुला अर्कै बेहुलीकहाँ बिहे गर्न पुगे

डिसी नेपाल
२९ चैत २०७७ १४:०२

काठमाडौं। प्रविधिले हाम्रो जीवनलाई धेरै सजिलो बनाएको छ । तर, कहिलेकाहीँ प्रविधिको गडबडीले ठूलो समस्या पनि निम्त्याउँछ । गुगल म्यापको गडबडीका कारण इण्डोनेसियामा एक बेहुला अर्कै बेहुलीको घरमा बिहे गर्नका लागि पुगे । यतिसम्म कि उनले झण्डै–झण्डै अर्कै बेहुलीसँग बिहे गरिसकेका थिए ।

प्रविधिको गडकडीका कारण ती बेहुला अर्कै बेहुलीकहाँ पुगे । बेहुलीको गाउँले र आफन्तले पनि बेहुलाको स्वागत गरे । परिवारका सदस्यहरुसँगको कुराकानीका क्रममा संयोगले एक जना आफन्तले गडबडी भएको आशंका गरे । भाग्यवश ती आफन्तले गडबडी भएको महसुस गर्दा दुवै परिवार लज्जास्पद स्थितिमा पुग्नबाट बचे ।

ट्रिब्युनल न्यूजका अनुसार त्यस दिन एउटै गाउँमा दुई वैवाहिक कार्यक्रम थिए । एउटा विवाह कार्यक्रम थियो र अर्को इंगेजमेन्ट कार्यक्रम थियो । एउटै गाउँमा दुई कार्यक्रम भएका कारण भ्रमको स्थिति उत्पन्न भएको थियो । रिपोर्टका अनुसार त्यतिबेला बेहुली यो स्थितिसँग अन्जान थिइन् किनकि उनी मेकअपमा व्यस्त थिइन् । अहिले यो घटनाको एउटा भिडियो सामाजिक संजालमा चर्चामा छ ।

कोम्पसको रिपोर्टअनुसार बेहुलाले आफ्नो बिहे कार्यक्रम भएको ठाउँसम्म जानको लागि गुगल म्यापको सहारा लिएका थिए । उनी सेन्ट्रल जाभाको पकिस जिल्लाको लसारी हेलमेट जानुपर्ने थियो । तर त्यो परिवार गल्तीवश जेंगकोल हेलमेट पुगे । यो ठाउँ उनीहरु खासमा जानुपर्ने ठाउँबाट धेरै टाढा भने थिएन । त्यहाँ बेहुली मारिया उल्फा र बेहुला बुरहान सिद्दीकीको इंगेजमेन्ट हुने कार्यक्रम थियो तर गल्तीवश त्यहाँ बिहे गर्ने युवक पुगे ।

इंगेजमेन्ट गर्ने बेहुलीलाई यसबारे बताउँदा उनी आश्चर्यमा परिन् किनकि बेहुला र उनको साथमा आएका कसैलाई पनि उनले चिन्दिनथिन् । त्यसपछि बेहुलाका काकालाई पनि त्यहाँ केही गडबडी भएको महसुस भयो । रोजक डेलीका अनुसार बेहुलाको परिवारले गल्तीका लागि माफी मागे र बेहुलीका परिवारको सहयोगमा आफूहरु जानुपर्ने वास्तविक ठाउँसम्म पुगे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *