राजकुमार चार्ल्सले भावपूर्ण भिडियो सन्देशमा दिवंगत पितालाई सम्झिएर के–के भने ?

डिसी नेपाल
२९ चैत २०७७ १४:३३

काठमाडौं। बेलायती महारानीका छोरा प्रिन्स अफ वेल्स राजकुमार चार्ल्सले आफ्ना दिवंगत पिताको सम्मानमा एक भावपूर्ण भिडियो सन्देश जारी गरेका छन् । शनिबार जारी गरिएको भिडियो सन्देशमा महारानी र ड्युक अफ एडिनबराका जेठा छोरा राजकुमार चार्ल्सले आफ्ना पिताको निधनले आफूसहित पूरै देश शोकाकूल भएको भन्दै ड्युक अफ एडिनबराले आफ्नो जीवनभर शाही परिवारको लागि गरेको योगदानको स्मरण गरेका छन् ।

‘म खासगरी भन्न चाहन्छु कि मेरा पिता जसले मलाई लाग्छ करिब ७० वर्षसम्म महारानी, मेरो परिवार र देशको लागि मात्र नभइ सम्पूर्ण राष्ट्रमण्डलको लागि समेत उल्लेखनीय र समर्पित सेवा दिनुभएको छ’ ७२ वर्षीय राजकुमार चार्ल्सले भिडियो सन्देशमा भनेका छन् ‘तपाइँ कल्पना गर्न सक्नुहुन्छ मेरो परिवार र मैले मेरा पिताले अत्यन्तै स्मरण गरिरहनेछौं । यहाँ अत्यन्तै मायालु र सम्मानित व्यक्ति हुनुहुन्थ्यो । यसबाहेक पनि म कल्पना गर्न सक्छु उहाँ विश्वभरी र यो राष्ट्रमण्डलका कैयौं अन्य व्यक्तिहरुसँग समेत गहिरो रुपमा जोडिनुभएको थियो र हामीले उहाँहरुसँग यो दुःख बाँड्न पाउनेछौं ।’

‘मेरा प्रिय पिता एक विशेष व्यक्ति हुनुहुन्थ्यो र मलाई लाग्छ उहाँको निधनपछि आएका प्रतिक्रिया र उहाँको सम्मानमा भएका हृदयस्पर्शी कुराहरुले उहाँ आश्चर्यमा पर्नुहुनेछ । उहाँबारे आएका प्रतिक्रिया र समवेदनाप्रति म र मेरो परिवार कृतज्ञ रहनेछौं । यसले हामीलाई प्रिय व्यक्ति गुमाएको कठिन समयमा धैर्यधारण गर्न सघाउनेछ । धन्यवाद’ राजकुमार चार्ल्सले भनेका छन् ।

बकिंघम राजदरबारले ड्युक अफ एडिनबराको अन्तिम संस्कारका कार्यक्रमहरु घोषणा गरेको केही घण्टामा राजकुमार चार्ल्सको यो भिडियो सन्देश सार्वजनिक भएको हो । ड्युकको अन्तिम संस्कार अप्रिल १७ मा विंडसर क्यासलको सेन्ट जर्ज चापेलमा गरिने तय भएको छ । ड्युकको अन्तिम संस्कार राजकीय नभइ औपचारिक शाही अन्तिम संस्कार हुनेछ । बकिंघम राजदरबारका प्रवक्ताका अनुसार अन्तिम संस्कारमा परिवारका सदस्यहरुमध्येबाट केवल ३० जना मात्र सहभागी हुनेछन् र कुनै पनि सर्वसाधारणले यसमा सहभागिता जनाउन पाउने छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *