द रकलाई राष्ट्रपति बनाउने अमेरिकी जनताको चाहना, रकले भने ‘मेरो लागि सम्मानको कुरा’

डिसी नेपाल
२९ चैत २०७७ १५:४४

काठमाडौं। हलिउड स्टार तथा डब्लुडब्लुइका पूर्व रेस्लर ड्वेन जोनसन अर्थात द रकका फ्यान विश्वभर छरिएका छन् । करोडौं फ्यानका यी प्रिय पात्र अमेरिकाको राष्ट्रपति बन्न सक्लान् ? अमेरिकी म्यागजिन न्यूजविकले गरेको एक सर्वेक्षणमा ४६ प्रतिशत अमेरिकीले रक राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धी भए समर्थन गर्ने बताएका छन् । यससँगै यी हलिउड स्टारले यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । रकले इन्स्टागम पोस्टमार्फत यो आफ्नो लागि सम्मानको कुरा हुने बताएका छन् ।

उनले इन्स्टाग्राममा लेखेका छन् ‘मलाई लाग्दैन हाम्रा संस्थापक पिताहरुले कहिल्यै पनि एउटा ६ फिट ४ इन्चको, तालुखुइले, ट्याटुले भरिएको, आधा कालो, आधा सामोअन, टकिला पिउने, पिकअप ट्रक चलाउने, फ्यानी प्याक लगाउने व्यक्ति आफ्नो क्लवमा सामेल हुन्छ भन्ने सोचेका थिएनन् होला । तर, यदि यस्तो भयो भने तपाइँहरु, नागरिकहरुको सेवा गर्न पाउनु मेरो लागि सम्मानको विषय हुनेछ ।’

 

View this post on Instagram

 

A post shared by therock (@therock)

जोनसनले यसअघि पनि कैयौं पटक आफू राष्ट्रपतिको चुनावी प्रतिस्पर्धामा भिड्ने सम्भावनाबारे छलफल गरिसकेका छन् । आफ्नो सुरुवाती जीवनमा आधारित नयाँ कमेडी सिरिज योंग रकमा उनले आफू २०३२ को निर्वाचनमा भिड्ने संकेत दिँदै देखिएका छन् । फेब्रुअरीमा युएसए टुडेसँग कुरा गर्दै जोनसनले आफू राष्ट्रपति पदका लागि निर्वाचनमा जानेबारे चर्चा गरेका थिए । ‘यदि जनताले चाहनुहुन्छ भने म राष्ट्रपतिको निर्वाचनमा सहभागी हुनेबारे सोच्न सक्छु’ उनले भनेका थिए ‘त्यो जनतामा निर्भर हुनेछ त्यसैले मैले पर्खिनुपर्छ र हेर्नुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *