दुबइमा मोडलहरुको नग्न फोटोसुट काण्डले बाराक ओबामा समेत विवादमा !

डिसी नेपाल
२९ चैत २०७७ १७:२८

काठमाडौं। दुबइमा तीन दर्जनभन्दा धेरै मोडलहरु लगेर नग्न फोटोसुट गरेको विवादमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा पनि विवादमा तानिएका छन् । मोडलहरुको फोटोसुट आयोजना गर्ने मुख्य योजनाकार मानिएका युक्रेनी प्लेब्वायलाई १८ महिनासम्म जेल सजाय हुन सक्ने बताइएको छ । र, फोटोसुटमा सहभागी मोडलहरु पनि अहिलेसम्म हिरासतमै छन् ।

यो फोटोसुटको पछाडि मुख्य भूमिकामा रहेका भनिएका भिटाली ग्रेसिन नामका यी धनाढ्य व्यवसायी अहिले पनि हिरासतमा रहेको विश्वास गरिएको छ । यसअघि सेगोन्ड्या समाचारपत्रले भने ४१ वर्षका यी व्यवसायीले युएइ छाडिसकेको बताएको थियो । तर पछि अमेरिकी पासपोर्ट वाहक तथा किभमा रहेर व्यवसाय गर्ने यी व्यवसायीलाई हिरासतमा राखिएको र उनलाई डेढ वर्ष जेल सजाय हुन सक्ने बताएको छ ।

किभका समाचारपत्रका अनुसार १ हप्ताअघिदेखि हिरासतमा राखिएका मोडलहरुलाई भने युक्रेट डिपोर्ट गर्ने तयारी छ तर अहिलेसम्म भने डिपोर्ट गरिएको छैन । अघिल्लो शनिबार बेलुकीदेखि दुबइको एक बाल्कोनीमा नग्न अवस्थामा लाइनमा बसेका महिलाहरुको तस्वीर सामाजिक संजालमा सार्वजनिक भएको थियो । यी मोडलहरु पूर्व सोभियन युनियनबाट बनेका देशहरु युक्रेन, बेलारुस, मोल्दोभा लगायतका भएको बताइएको छ ।

यो नग्न फोटोसुटका योजनाकार युक्रेनी व्यवसायी भिटाली ग्रेसिनको अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा लगायतका शक्तिशाली हस्तीहरुसँग पहिचान रहेको पाइएको छ । ओबामा लगायतका हस्तहिरुसम्म उनको व्यक्तिगत पहुँच रहेको र विभिन्न ठाउँमा उनले यी हस्तीहरुसँग तस्वीर समेत खिचाएको सार्वजनिक भएको छ । ओबामासहित उनले हिलारी क्लिन्टन, जर्ज क्लुनी, सिल्भेस्टर स्टालोन, भिक्टर यानुक्योभिच जुनियर लगायतसँग फोटो खिचाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *