अमेरिकामा गाँजा खाँदा दुबइमा ३ वर्षको जेल सजाय !

डिसी नेपाल
३० चैत २०७७ १५:५३

काठमाडौं। एक जना अमेरिकी व्यवसायी निकै अप्ठ्यारो समस्यामा परेका छन् । ५१ वर्षका यी व्यवसायीले अमेरिकाको लस भेगासमा गाँजा खाएका थिए । लस भेगासमा गाँजा खान कानुनी प्रतिबन्ध छैन र त्यहाँ कानुनी रुपमा गाँजा खान पाइन्छ । तर, ती व्यापारीलाई दुबइ पुलिसले पक्राउ गरेको छ र अब यो अपराधमा उनलाई ३ वर्षको जेल सजाय हुन सक्छ ।

यी व्यक्तिले अमेरिकाको लस भेगासमा गाँजा खाएपछि दुबइको लागि उडेका थिए । पिटर क्लार्क नामका यी रिटायर्ड गेम डिजाइनर नयाँ प्रोजेक्टको सिलसिलामा दुबइ गएका थिए । पिटरले यसअघि एक्सबक्स र प्लेस्टेशन जस्ता नामी कम्पनीको लागि काम गरिसकेका छन् । दुबइमा एक दिन बिताइसकेपछि उनलाई पेटमा समस्या भएको थियो । पिटरले त्यसपछि दुबइमा आफ्नो स्वास्थ्य जाँच गराए ।

डिटेन्ड इन दुबइका अनुसार जाँचको क्रममा उनको पिसाब पनि परीक्षण गरिएको थियो र यो परीक्षणमा उनको पिसाबमा गाँजाको मात्र रहेको पाइयो । दुबइको कानुनअनुसार यस्ता परीक्षणमा कुनै गैरकानुनी पदार्थ भेटिएमा पुलिसलाई अनिवार्य जानकारी दिनुपर्छ । पुलिसले त्यसपछि उनलाई पक्राउ गरेको छ । पिटरलाई तीन दिनसम्म जेलमा राखेपछि अब उनको होटलमा नजरबन्दमा राखिएको छ ।

पिटरले यसबारेमा डेलीमेलसँग कुरा गर्दै भने ‘मलाई यो थाहा पाउँदा अचम्म लाग्यो कि अमेरिकामा गाँजा पिएका कारण मलाई पक्राउ गरिएको छ । अमेरिकामा गाँजा वैध छ । मैले गाँजा खाएपछि जहाजमा चढेको थिएँ र म पूरै ठिक थिएँ ।’ रिपोर्टका अनुसार पिटरलाई ३ वर्ष जेल सजाय हुन सक्छ । पिटरलाई नो फ्लाइ लिस्टमा राखिएको छ र उनी त्यतिबेलासम्म आफ्नो देश जान पाउँदैनन् जबसम्म अदालतले उनको विषयमा फैसला गर्दैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *