प्रदेश–१ प्रदेशसभाः बैठक दैनिक कार्यसूचीमा प्रवेश नै नगरी स्थगन

डिसी नेपाल
३० चैत २०७७ २३:०७

विराटनगर । प्रदेश–१ को प्रदेशसभाको आजको बैठक दैनिक कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको छ ।

दिउँसो १ बजे सञ्चालन हुने भनिएको बैठक केही समय ढिला भएर अपराह्न २ बजे उपसभामुख सरस्वती पोखरेलले सञ्चालन गर्न खोज्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलका सांसदले सदनमा उभिएर विरोध जनाएपछि सदन स्थगन भएको उपसभामुख सरस्वती पोखरेलले जानकारी दिइन् ।

अर्को बैठक २०७८ वैशाख ५ गते दिउँसो १ बजे बस्ने उपसभामुख पोखरेलले सदनमा जानकारी दिइन् ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *