दोलखा जीप दुर्घटना : ४ को मृत्यु, १७ घाइते
काठमाडौं । सोमबार राती दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी भेषराज रिजालका अनुसार सोमबार राति ११ बजेतिर सिंगटीमा जीप र्दुघटना हुँदा एकै गाउँका चार जनाको मृत्यु भएको हो।
तातोपानी कुण्ड नुहाएर घर फर्किँदै गरेको अवस्थामा जीप सडकबाट तल खस्दा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खत्री र २४ वर्षीया चन्दिका खड्काको मृत्यु भएको डिएसपी रिजालले बताए।
दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् । घाइते हुनेमा बिगु गाउँपालिकाकी २७ वर्षीया सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का छन्।
यस्तै सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का लगायत छन्।
घाइतेहरुको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भईरहेको छ। सोमबार बेलुकी ११ बजे सिँगटीमा जिप सडकबाट तल खसेर दुर्घटना भएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment