डिभोर्सपछि छोराछोरीको अभिभावकत्व श्रीमानले पाउने भएपछि आमाले ३ सन्तानको हत्या गरिन्

डिसी नेपाल
३१ चैत २०७७ ११:५९

काठमाडौं। आमालाई ममताको प्रतिमूर्ति मानिन्छ तर अमेरिकामा एक आमाले यसको ठिक विपरित काम गरेकी छिन् । उनले आफ्नै तीन सन्तानको हत्या गरेकी छिन् । लस एन्जल्समा एक महिलालाई आफ्नै ३ सन्तानको हत्याको अभियोगमा पक्राउ गरिएको छ । ३० वर्षकी लिलियाना क्यारिलोलाई तुलारे काउन्टी पुलिसले तीन सन्तानको हत्याको अभियोगमा पक्राउ गरेको हो । लस एन्जल्स टाइम्सका अनुसार हत्या गरिएका बच्चाहरुको उमेर ३ वर्ष, २ वर्ष र ६ महिना थियो ।

बच्चाकी हजुरआमाले बच्चाहरुलाई खोज्न थालेपछि हत्याको खुलासा भएको थियो । पुलिसले बच्चाहरुलाई कसरी मारियो भन्ने खुलासा गरेको छैन । तर, स्थानीय मिडियामा भने बच्चाहरुलाई चक्कु हानेर मारिएको दावी गरिएको छ । अधिकारीहरुले बच्चाहरुको हत्याको उद्देश्य के थियो भन्ने विषयमा स्पष्ट भइसकेका छैनन् । पुलिस अधिकारी जोवेलले संवाददाताहरुलाई बताएअनुसार अनुसन्धानकर्ताहरुले महिलासँग कुरा गरिरहेका छन् र उनले बच्चाहरुलाई किन मारिन् भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

मृतक बच्चाहरुकी फुपु टेरी मिलरले फक्स ११ संग कुरा गर्दै क्यारिलो केही महिनादेखि मानसिक रुपमा बिरामी रहेको र बच्चाहरुको अभिभावकत्वको विषयमा उनको आफ्ना श्रीमानसँग विवाद रहेको बताएकी छिन् । मृतक बच्चाका पिता एरिक डेन्टनले पुलिस र बाल रक्षा सेवाको माध्यमबाट यो विषयमा सहयोग मागिरहेका थिए । उनी बच्चाहरुको अभिभावकत्व लिन चाहन्थे । अभिभावकत्व एरिकलाई दिइने भएपछि क्यारिलोले बच्चाहरुको हत्या गरेको अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *