विधेयक पारित गर्न नदिने निजामती कर्मचारी संघको चेतावनी

डिसी नेपाल
३१ चैत २०७७ १५:२३
80
Shares

काठमाडौं। नेपाल निजामती कर्मचारी युनियन संघले संघीय निजामती सेवा गठनसम्बन्धी विधयेक अबिलम्ब फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संघले देशभरका कर्मचारी सडकमा उत्रिएर आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको हो।

नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले प्रतिनिधिसभामा पेश भएको संघीय निजामती सेवा गठन सम्बन्धि विधेयक साविक निजामती सेवा ऐन २०४९ भन्दा पनि प्रतिगामी भएकोले तत्काल फिर्ता गर्नुपर्ने माग गरे। उनले भने,‘यो विधयेक प्रतिगामी छ, तत्काल फिर्ता गर्नुपर्छ नत्र आन्दोलनको आँधीबेहरी सृजना गर्छौं।’

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विधेयकप्रति आफू सन्तुष्ट नभएको बताइसकेकाले फिर्ता गर्नुको विकल्प नभएको बताए। कर्मचारीले उठाएको मागलाई बेवास्ता गरी विधयेक ल्याइएको भन्दै हस्ताक्षर अभियान चलाएर सम्बन्धित निकायहरु र प्रमुख राजनीतिक दलका नेताहरुलाई ध्यानाकर्षण पत्र बुझाउने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *