भारतमा काेराेनाकाे प्रभाव : गत २४ घण्टामा १ लाख ८५ हजार संक्रमित थपिए

डिसी नेपाल
१ वैशाख २०७८ ७:४६

काठमाडाैं । पछिल्ला दिनहरूमा भारतमा काेराेनाका संक्रमित तीब्र रूपमा बढिरहेका छन्। दिन प्रतिदिन भारतमा संक्रमितकाे संख्या दिन प्रतिदिन बढ्दाे क्रममा छ।

पछिल्लाे २४ घण्टामा १ लाख ८५ हजार १ सय ४ नयाँ संक्रमित थपिएका छन्। यसका साथै, यो अवधिमा ८२ हजार २ सय ३१ जना निको भए भने १ हजार २६ को मृत्यु भएको छ।

भारतमा हालसम्म १ कराेड ३८ लाख ७१ हजार ३ सय २१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। १ लाख ७२ हजार १ सय १५ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् भने, १ कराेड २३ लाख, ३२ हजार, ६ सय ८८ जना निकाे भएर घर फर्केका छन्।

भारतीय संञ्चार माध्यामका अनुसार, हालसम्म  जम्मा ११ दशमलब ४३ करोडभन्दा बढीलाई काेराेना विरूद्धकाे खाेप दिइसकिएको छ। यसअघि सोमबार ३७ लाख ६३ हजार ८ सय ५८ मानिसहरुलाई खोप दिइएको थियो।

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारसँग सीबीएसईको १० र १२ को परीक्षा रद्द गर्नुपर्ने माग गरेका छन्।

उत्तर प्रदेशमा मुख्यमन्त्री कार्यालयका थुप्रै अधिकारी र कर्मचारी कोरोना पोजेटिभ भेटिएका छन् । त्यसपछि मुख्यमन्त्री योगी आदित्यनाथले आफूलाई आइसोलेट गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *