आफ्नै सन्तानसँग विवाह गर्न पाउँ भन्दै अदालतमा निवेदन, स्वीकृति पाउन यस्तो तर्क

डिसी नेपाल
१ वैशाख २०७८ १३:२८

काठमाडौं। आफ्नै सन्तानसँग विवाह गर्न पाउँ भन्दै अदालतमा निवेदन दर्ता भएको छ । निवेदकले अदालतसँग आफूले आफ्नै सन्तानसँग विवाह गर्न चाहेको भन्दै आफूलाई यसको अनुमति दिन माग गरेका छन् । घटना अमेरिकाको न्यूयोर्कको हो । निवेदकले आफूले पारिवारिक अनाचारका विषयमा बनेका कानुनहरु समाप्त भएको हेर्न चाहेको बताएका छन् । यसका लागि उनले विवाह कुनै पनि व्यक्तिको निजी निर्णय भएको तर्क गरेका छन् ।

न्यूयोर्क पोस्टमा प्रकाशित एक रिपोर्टअनुसार यी व्यक्ति आफ्नो पहिचान खुलाउन चाहँदैनन् किनकि अदालतमा उनले गरेको अपिलललाई सामाजिक रुपमा घृणास्पद सम्झिन सकिनेछ । उनले आफ्नो सन्तान वयस्क भएको स्पष्ट पारेका छन् । अदालतमा पेश गरिएका दस्तावेजमा यी निवेदक र उनका सन्तानको लिंगको खुलासा गरिएको छैन । अर्थात आमाले छोरासँग विवाह गर्न चाहेको हो वा पिताले छोरीसँग विवाह गर्न चाहेको हो भन्ने स्पष्ट छैन । उनीहरुको ठेगाना र अन्य विवरण पनि खुलासा गरिएको छैन ।

यी अभिभावकले आफ्नो सन्तानलाई प्रपोज गर्न चाहेको तर समाजको डरले यस्तो गर्न नसकिरहेको बताएका छन् । यी अभिभावकले आफ्ना सन्तानसँग विवाह गरेको अवस्थामा समाजले बहिष्कार गर्ने डर छ र उनी कुनै पनि अवस्थामा आफ्नो सन्तानलाई मानसिक वा भावनात्मक रुपमा दुःख दिन चाहँदैनन् । यी अभिभावकले अप्रिलको पहिलो हप्ता म्याहटन संघीय अदालतमा यो निवेदन दर्ता गरेका हुन् ।

न्यूयोर्कको कानुनअनुसार आफ्नै परिवारका व्यक्तिहरुसँग विवाह गरेको अवस्थामा यसलाई अपराध मानिन्छ र ४ वर्षसम्मको जेल सजाय हुने प्रावधान छ । यसअघि १९९२ मा चर्चित निर्देशक उडी एवनले आफ्नी धर्मछोरीसँग आफ्नो प्रेमसम्बनध रहेको स्वीकार गरेका थिए । त्यतिबेला उडीको उमेर ५६ वर्ष र छोरीको उमेर २१ वर्ष थियो । यी दुईले ठूलो आलोचनाको बीचमा विवाह गरेका थिए र अहिले पनि उनीहरु साथमै छन् । तर, अहिलेको केस फरक छ किनकि यी अभिभावक आफ्ना जैविक सन्तानसँग विवाह गर्न चाहन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *