उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ कोरोना संक्रमित – Dcnepal

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ कोरोना संक्रमित

काठमाडौं। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनले बुधबार सामाजिक संजालमा यसको जानकारी दिएका हुन् । योगीले लेखेका छन् ‘सुरुवाती लक्षण देखिएपछि मैले जाँच गराएको थिएँ र मेरो रिपोर्ट पोजेटिभ आएको छ । म सेल्फ आइसोलेसनमा छु र चिकित्सकहरुको परामर्श पालना गरिरहेको छु । सबै काम भर्चुअल रुपमा गरिरहेको छु ।’

योगीले उत्तर प्रदेश सरकारका अन्य गतिविधिहरु सामान्य रुपमा संचालन भइरहेको भन्दै आफ्नो सम्पर्कमा आएकाहरुलाई जाँच गर्न र सावधानी अपनाउन भनेका छन् । उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष अखिलेश यादव पनि संक्रमित भएका छन् । उनले पनि सामाजिक संजालमार्फत आफू संक्रमित भएको जानकारी दिएका छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो